युट्युबर मनोज मानव पक्राउ

  • मिति : अशोज ५, २०८३
395 Shares

काठमाडौं । युट्युबर मनोजकुमार महतो (मानव) पक्राउ परेका छन् । चतरा पुलस्थित एक होटलबाट उनलाई उदयपुर प्रहरीको सहयोगमा सिरहा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

लहान नगरपालिका–२४ का बासिन्दा महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी दर्ता छ ।

सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि पनि पटकपटक साइबर अपराध कसुरमा पक्राउ पर्दै रिहा भएका उनीविरुद्धका मुद्दाहरू अझै अदालतमा विचाराधीन छन् ।