काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नीति र नियमभन्दा बाहिरबाट गएर स्वेच्छाचारी ढङ्गले चलेको टिप्पणी गरेका छन्। सरकारले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।
उनले भनेका छन्, ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ । भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं ।’
भरत दाहालको तुरुन्त रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी क्रियाकलाप फेरि नदोहोरिने प्रतिबद्धताको लागि सरकारसँग आग्रह गरेका छन्।