अमरेशकुमार सिंह रास्वपा प्रवेश

  • मिति : माघ ५, २०८२
2.4K Shares

काठमाडौं : अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् ।

रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे ।
उनले आफू कुनै पदका लागि नै देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।