मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल तथा रिसोर्टमा ३० प्रतिशतसम्म छुट

  • मिति : अशोज ६, २०८३
344 Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजिएच ग्रुप अफ होटेल एन्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजिएच ग्रुप अफ होटेल एन्ड रिसोर्टअन्तर्गत काठमाडौंस्थित माया मनोर बुटिक होटल तथा पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। त्यस्तै, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एकजनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड पेस गर्नुपर्नेछ। बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले समेत यो सुविधा प्राप्त गर्न सक्नेछन्। यसैबीच, मुक्तिनाथ विकास बैंकले ग्राहकलाई लक्षित गर्दै आधारदरमा शून्य प्रतिशत प्रिमियममा अटो लोन समेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार ग्राहकले आधारदरमै अटो लोनमा लगानी गर्न सक्ने सुविधा उपलब्ध गराइएको हो।