नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

  • मिति : माघ १९, २०८०

काठमाडौँ । नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो ।

सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्ध जन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख ७ हजार रुपैयाँ सरकारले राजस्व सङ्कलन गरेको छ । नेपालले भारत, चीन लगायत मुलुकबाट दुग्धजन्य पदार्थ आयात गर्छ भने केही मात्रमा अमेरिका,चीन लगायत मुलुकमा निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।