एनपीएल : टस जितेर चितवन ब्याटिङमा

  • मिति : मंसिर २, २०८३
514 Shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ। काठमाडौं अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन् ।

आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । लुम्बिनी फाइनल पुगिसकेको छ। फाइनल खेल मंसिर ५ गते हुनेछ ।