सवारी दुर्घटनामा ५ जनाको मृ’त्यु, १२७ जना घाइते

  • मिति : मंसिर २, २०८३
565 Shares

काठमाडौँ : मंगलबार देशभर भएका विभिन्न सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ ।

बागमती प्रदेशमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । त्यस्तै, कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा एक/एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कोशी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा २ जना घाइते भएका छन् । मधेश प्रदेशमा सबैभन्दा बढी ३४ जना घाइते भएका छन् ।

यसैगरी, काठमाडौं उपत्यकामा ११ जना, सुदूरपश्चिम प्रदेशमा ९ जना र कर्णाली प्रदेशमा ८ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।