काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन् प्रचण्ड शुक्रबार रुस प्रस्थान गरेका हुन् ।
प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् । उक्त सम्मेलनमा विभिन्न ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।