सुनको मूल्य तोलामा ३२ सयले घट्यो

  • मिति : कार्तिक १३, २०८३
412 Shares

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा तीन हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।