नेप्से ३३ अंकले बढ्यो, सात अर्ब ४५ करोडको कारोबार

  • मिति : कार्तिक ११, २०८३
395 Shares

काठमाडौं । सेयर बजारको रौनक पुनः फर्किएको छ । बुधबार नेप्से सूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा उक्लिएको छ । यस दिन लगानीकर्ताले करिब सात अर्ब ४५ करोडको कारोबार गरेका छन् ।

कारोबार सुरु भएदेखि नै लगानीकर्ता सेयर खरिदमा झुम्मिएका थिए । जसले गर्दा कारोबार खुलेबाटै बढ्न थालेको बजारले अन्तिम समयसम्म ३३ अंकको उचाइ लिन सफल बन्यो ।

दसैँअघि बढेको नेप्से दसैँपछि बढ्न सकेको थिएन । तर, बुधबार देखिएको वृद्धिले  बजारमा लगानीकर्ता पुनः चलायमान बन्न थालेको देखाएको छ ।

यो दिन कारोबारमा आएका ३४८ कम्पनीमध्ये २४१ वटाको मूल्य बढ्दा ३५ वटाको भने घटेको हो । तीनवटाको मूल्य स्थिर रह्यो ।

आज सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको सेयरमा १५ प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो ।

यस्तै घट्नेमा भने आज प्राइम बैंकको डिबेन्चर छ । यसको २.९६ प्रतिशतले मूल्य घटेको  हो ।

यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै लिबर्टी इनर्जीको कारोबार गरेका छन् । यो कम्पनीको एकै दिन ३२ करोडको कारोबार भएको हो ।