चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

  • मिति : अशोज २८, २०८३
429 Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको बैठक बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि प्रस्तावित डा. मंचलाकुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित जीज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विभिन्न १३ मित्रराष्ट्रका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको नियुक्तिका लागि उपयुक्तता तथा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूची पनि रहेको छ ।