काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङले अग्रता लिएका छन् ।
६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन् ।
लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन् ।
त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।