बियरको बोतल प्रहार गरेर वृद्धको हत्या

  • मिति : अशोज २०, २०८३
565 Shares

काठमाडौँ : पोखराका एक युवकले बियरको बोतल प्रहार गरेर एक वृद्धको हत्या गरेका छन्। पोखरा महानगरपालिका- २४ स्थित कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटमा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३३ वर्षीय जगत दाहालले बियरको बोतलले प्रहार गरेर हत्या गरेका हुन्। बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेको थियो। बोल्न नसक्ने अवस्थामा उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

उपचारको क्रममा चिकित्सकले सोमबार साँझ ७:२५ बजे उनलाई मृत घोषणा गरेका हुन्। घटना पश्चात फरार रहेका दाहाललाई सोमबार साँझ ७:१५ बजे पामे पुल नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।