बागमतीमा बगेर बेपत्ता भएका पुरुषको शव फेला

  • मिति : अशोज २०, २०८३
514 Shares

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँस्थित बागमती नदीमा बगेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–१ माझगाउँका अन्दाजी ३५/४० वर्षीय इन्द्रबहादुर भोलन आफन्तको मृत्यु भएको स्थान सिन्धुली जाने क्रममा मंगलबार दिउँसो बागमती नदी तर्ने क्रममा नदीले बगाएको थियो ।

प्रहरीका अनुसार दिउँसो नदीले बगाएको सूचना प्राप्त भएपछि प्रहरी चौकी शिवराईगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

स्थानीय आफन्त तथा छिमेकीको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो करिब ३ः०५ बजे बागमती गाउँपालिका–१ हात्तीढुंगास्थित बागमती खोलाको बीचमा रहेको ढुंगामा अड्किएको अवस्थामा भोलनको शव फेला परेको हो ।

प्रहरीका अनुसार उनलाई बगाएको स्थानबाट करिब ३/४ किलोमिटर तल शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।