बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

  • मिति : अशोज २०, २०८३
548 Shares

काठमाडौं : बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

रसुवास् बाढीका कारण भदौ १० गते बिहान १०ः३० बजेदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहेको छ ।

रघुगंगा गाउँपालिका वडा नं. २, बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बौदीकाली गाउँपालिका वडा नं. ३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ ।