टोयोटा र NIC ASIA बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन

  • मिति : अशोज १५, २०८३
378 Shares

काठमाडौं । दशैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंक लिमिटेड बीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट समेत उपलब्ध हुनेछ। उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुनेछ।

दशैंलाई लक्षित यस विशेष योजनाले ग्राहकलाई सहज वित्तीय पहुँच प्रदान गर्दै आफ्नो रोजाइको टोयोटा सवारीसाधन खरिद प्रक्रिया थप सरल बनाउने अपेक्षा गरिएको छ।

समझदारीपत्रमा UTS का Deputy General Manager (Sales and Marketing) रेखा शाह कार्की र NIC ASIA बैंकका Chief Business Officer, Retail Business अमित के.सी. ले हस्ताक्षर गर्नुभएको छ।