बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ

  • मिति : अशोज १३, २०८३
514 Shares

सुर्खेत । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेका छन् ।

जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो ।

अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।