जलसतहले रेकर्ड ब्रेक गरेपछि नारायणी पुलमा गाडी चलाउन प्रतिबन्ध

  • मिति : अशोज ११, २०८३
718 Shares

काठमाडौं । चार दिनदेखिको अविरल वर्षापछि९ नारायणी नदीमा पानीको बहाव अत्यधिक बढेपछि पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

नारायणीको बहाव बढेको र अझै बढ्ने क्रम जारी रहेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा सवारीसाधन तथा आवतजावतमा समेतमा प्रतिबन्ध लगाइएको हो ।

नारायणी नदीमा निरन्तर पानीको सतह बढिरहेको छ । नदीमा पानीको तह १२ मिटर पुगेको छ ।

नारायणी नदीको पानी अहिले भरतपुर महानगरपालिकाका विभिन्न बस्तीमा पसेर डुबान भएको छ । दर्जनौं घरको आधा आधी पानी पसेको छ ।