अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ : केपी शर्मा ओली

  • मिति : भदौ २८, २०८३
633 Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सञ्चारमाध्यमको खिलापमा रहेको बताएका छन् । वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार’ को संज्ञा दिए ।

‘मैले देख्दा त अहिलेको सरकार ‘छापा(मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन- छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने ।

अध्यक्ष ओलीले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय स्पष्ट पारे ।

ओलीले भने, ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’