गगनले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • मिति : भदौ १७, २०८३
446 Shares

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। संस्थापनइतर पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गरेपछि सभापति थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

भदौ २० गते दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकका दुई वटा एजेन्डा रहेका छन्। पहिलो, भोटेकोसी बाढीले निम्त्याएको विपद् र दोस्रो, १५औं महाधिवेशन रहेको छ।