भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीको ३ करोड ११ लाख सहयोग

  • मिति : भदौ १७, २०८३
361 Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र आफ्ना कर्मचारीहरुको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा समेत गरी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नगद सहयोग उपलब्ध गराएको हो ।

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरिएको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।