बझाङ । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बुङ्गल नगरपालिका-१० टुमेडामा अटो सडकबाट करिब एक हजार मिटर तल खस्दा तीनजनाको मृत्यु भएको हो भने एकजना बालक बेपत्ता छन् ।
दुर्घटनामा बुङ्गल नगरपालिका-१० निवासी ३५/४० वर्षीया राजमती महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको हो । दुर्घटनामा बेपत्ता बालकको खोजी भइरहेको छ भने घाइतेको उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ ।