नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • मिति : मंसिर १, २०८३
72 Shares

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमाले स्थायी कमिटीको दोस्रो बैठक बस्न लागेको हो ।

भोलिबाट एमालेको राष्ट्रिय भेला सुरु हुँदै छ । त्यसअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।