काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गर्नु भएको हो ।
रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको हो ।सो अवसरमा कोष सञ्चालक समितिका सदस्य नारायण प्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग
-
नयाँ सवाल
- मिति : भदौ १५, २०८३
565
Shares