सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट

  • मिति : भदौ १५, २०८३
446 Shares

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज धनगढीमा आयोजना गरेको जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँग ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली) सम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए ।

उनले विकास र समृद्धिको अभियानमा सबै पक्षलाई सक्रियतापूर्वक लाग्न आग्रह गरे । मुख्यमन्त्री भट्टले स्थानीय तह तथा जिल्ला समन्वय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली महत्त्वपूर्ण हुने बताए ।