काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार अपराह्न ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो । जसमा सबैभन्दा धेरै चितवनमा २६४ जनाको शव भेटिएको छ।
त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको हो । प्रहरीका अनुसार हालसम्म दुई हजार ७६२ जनाको उद्धार गरिएको छ ।