काठमाडौँ : रसुवामा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ फेला परेपछि त्यसलाई फोडेर रकम निकालेको आरोपमा २९ जनालाइ पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सेफ फोड्ने कार्यमा संलग्न २९ जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। रसुवामा आएको बाढीले बैंकको सेफसमेत बगाएर धादिङसम्म पुर्याएको थियो।