काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख सहयोग गर्ने सानिमा बैंकको निर्णय
-
नयाँ सवाल
- मिति : भदौ १२, २०८३
361
Shares