नेपाल र चीनमा आएको बाढीप्रति अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा सहानुभूति, आफ्ना नागरिकलाई सतर्क रहन आग्रह

  • मिति : भदौ ११, २०८३
327 Shares

काठमाडौँ । नेपाल र चीनको तिब्बतमा आएको भीषण बाढीबाट प्रभावितहरूप्रति अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गहिरो सहानुभूति व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनले प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकहरूलाई स्थानीय अधिकारीको सल्लाह पालना गर्न आग्रह गरेका छन्।

प्रभावित क्षेत्रमा केही अस्ट्रेलियाली नागरिक रहेको जानकारी प्राप्त भएको र उनीहरूको अवस्थाबारे पुष्टि गर्न अधिकारीहरूले द्रुत रूपमा काम गरिरहेको प्रधानमन्त्री अल्बानीजले बताएका छन्। ‘हामी स्थानीय अधिकारीका साथै टूर अपरेटरहरूसँग निरन्तर सम्पर्कमा छौँ’, उनले भनेका छन्, ‘कन्सुलर सहायता प्रदान गर्न हामी तयार अवस्थामा छौँ।’

आपत्कालीन कन्सुलर सहायता आवश्यक परेमा अस्ट्रेलियाली नागरिकहरूले वैदेशिक मामिला तथा व्यापार विभाग (डीफ्याट) को आपत्कालीन केन्द्रमा सम्पर्क गर्न सक्ने जानकारी समेत दिइएको छ।