हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए। थापा बागमतीको सातौं मुख्यमन्त्री बनेका छन् ।