इरानसँगको युद्ध छिट्टै अन्त्य हुनसक्छ : ट्रम्प

  • मिति : साउन २२, २०८३
480 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म लम्बिने कुरामा आफूलाई विश्वास नभएको बताए । उनले वार्ता अघि बढिरहेको बताए ।

ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको र दुई देशबीचको वार्तामा राम्रो प्रगति भएको दाबी गरे । उनका अनुसार, सम्झौता नै इरानका लागि सबैभन्दा उत्तम विकल्प हुनेछ ।

उनले अमेरिकासँग हतियारको कुनै अभाव नभएको र आवश्यकता अनुसार नयाँ हतियारहरू निरन्तर उत्पादन भइरहेको पनि बताए ।