कांग्रेस उपसभापति भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि विजयी

  • मिति : अशोज १४, २०८३
293 Shares

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पार्टीकी केन्द्रीय उपसभापति पुष्पा भुसाल विजयी भएकी छन् ।

खस–आर्य महिला क्लस्टरतर्फ भएको निर्वाचनमा भुसालले एक हजार ४४६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनीसँगै अम्बिका पोख्रेल पनि विजयी भएकी छन् । उनले ५३८ मत प्राप्त गरिन् ।

उक्त क्लस्टरमा महाधिवेशन प्रतिनिधिका लागि पाँच उमेदवारबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ ।