काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक साउन १३ गते बिहान ११ बजे वनस्थलीमा रहेको केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो ।
उनका अनुसार बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा हुनेछ । साथै, पार्टी सञ्चालनसँग सम्बन्धित आवश्यक कार्यविधि तयार पार्ने तथा विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ ।
बैठकमा समसामयिक तथा विविध विषयमा पनि छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए ।