कांग्रेस देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको सभापतिमा श्रेष्ठ

  • मिति : कार्तिक ३०, २०८३
480 Shares

काठमाडौा । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापति छानिएका छन् । अधिवेशनको उद्घाटन जुममार्फत कांग्रेसका निवर्तमान सभापति देउवाले गरेका देउवाको सचिवालयले जनाएको छ ।

जुममार्फत सम्बोधन गर्दै देउवाले विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिको सेवा र देशको उन्नतिमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको देशप्रतिको माया, सद्भाव र सहयोगप्रति विश्वास व्यक्त गरे ।

समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पनि जुममार्फत सम्बोधन गरेका थिए । डा. कोइरालाले कांग्रेसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका सबै महत्त्वपूर्ण आन्दोलनको नेतृत्व गरेको उल्लेख गर्दै इतिहासले दिएको गौरव र जिम्मेवारीलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए ।

उनले नेपालको समृद्धिको यात्रामा अमेरिकामा रहेका नेपालीहरूको साथ र सहयोग महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै पार्टीभित्र बृहत् एकता कायम गरी कांग्रेसलाई अझ बलियो र सशक्त पार्टी बनाउन सबैलाई आग्रह गरे । अधिवेशनबाट उपसभापतिमा फिलिप केसी र अविनाश नायक छानिए । महामन्त्रीमा विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा चयन भए।

सह–महामन्त्रीमा शलिन बस्नेत र शिव ढकाल तथा भरतराज जोशी, दीपा कार्की र श्याम यादव तथा सदस्यहरूमा वाजिन्द्र राना, विनोद शाह, जोश निदल, जोशम श्रेष्ठ, मिसन भट्टराई, नवराज भट्ट, पार्वती उपाध्याय, राधा ग्यावाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेनु बम्जन, उमा थापा र विश्व लामा चयन भएका १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. कोइरालाको सचिवालयले जानकारी दिएको छ ।