धनुषामा गोली चलाएर खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ

  • मिति : साउन ८, २०८३
565 Shares

जनकपुरधाम : प्रहरीले धनुषामा गोली चलाएर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय ढल्केवरले शुक्रबार ढल्केवरको पुल नजिक गोली चलाएर ती दुईजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मधुसुदन न्यौपाने उनीहरूसँग ९५.५९० ग्राम खैरो हेरोइन फेला परेको जानकारी दिए ।

पक्राउ पर्ने दुवैजना भारतीय नागरिक हुन् । जसमा २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्दा प्रहरीले हवाई फायर चलाएको जानकारी दिएको छ ।