नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्छ : नेपाल

  • मिति : साउन ७, २०८३
684 Shares

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।

उनले भने, ‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन ।

यस्तो आन्दोलनको निम्ति अगुवाइ गर्ने, आह्वान गर्ने व्यक्ति तथा परिवर्तनका संवाहकहरूले कहिल्यै पनि राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने वा गौरवशाली व्यक्तित्वहरूको अपमान हुने अवस्थाको कल्पना गरेका थिएनन् ।’

नेपालले पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्ने उल्लेख गरे ।