कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो

  • मिति : साउन ४, २०८३
871 Shares

कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् । आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् । महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् ।  भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा परिचालित सेनाको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ ।

सम्पर्कविहीन भएका महिलाहरू निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जमा छिरेको थाहा भएको छ । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन् । उनीहरूसँगै गएका ३ जनाले परिवारलाई फोन गरेपछि प्रहरीले उनीहरूको उद्धार गरेको छ ।