नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा कार्यलय प्रमुख सिजन कार्की सम्मानित

  • मिति : जेष्ठ ३०, २०८३
922 Shares

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित गरेको छ।

संघले संस्थाको प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न उहाँले पुर्‍याउनुभएको समर्पित योगदानको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ। दैनिक प्रशासनिक कार्यसम्पादनमा देखाउनुभएको दक्षता, जिम्मेवारीबोध, अनुशासन तथा समन्वयात्मक भूमिकाले संस्थाको समग्र कार्यसम्पादनलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको संघको ठहर छ।

सम्मान–पत्रमा उल्लेख गरिएअनुसार, सिजन कार्कीज्यूको निरन्तर परिश्रम, कार्यप्रतिको निष्ठा र सकारात्मक कार्यशैली प्रशंसनीय रहेको जनाइएको छ। उहाँले संस्थागत सुशासन कायम गर्न तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।

संघले आगामी दिनहरूमा पनि उहाँको पेशागत दक्षता, नेतृत्व क्षमता र समर्पणले संस्थाको प्रगति तथा सुदृढीकरणमा निरन्तर योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै, उहाँको उत्तरोत्तर सफलता, सुस्वास्थ्य र समृद्धिको कामना समेत गरिएको छ।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघको केन्द्रीय समितिद्वारा प्रदान गरिएको उक्त सम्मानले संस्थाभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने जनशक्तिलाई प्रोत्साहन र हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।