हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र

  • मिति : जेष्ठ ३०, २०८३
531 Shares

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा मागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

‘मिति २०८३-२-१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले साम्सदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ अध्यक्ष साम्पाङले फेसबुकमा सार्वजनिक गरेको पत्रमा भनिएको छ।