भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलटसहित ५ जनाको मृत्यु

  • मिति : जेष्ठ ३०, २०८३
548 Shares

काठमाडौं । भारतीय वायुसेनाको एएन–३२ कार्गो विमान आसामको जोरहाट एयर फोर्स स्टेशनमा दुर्घटनाग्रस्त भएको छ । शनिबार भएको दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय वायुसेना अनुसार, विमान जोरहाट एयरफिल्डमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा सह–चालकलाई उद्धार गरिएको छ र उनको उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै विमानमा ठूलो आगो लागेको थियो । दुर्घटनाको कारण खुलाइएको छैन ।