एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटमा नेपाल र इन्डोनेसिया भिड्दै

  • मिति : जेष्ठ १४, २०८३
650 Shares

काठमाडौं । एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (बिहीबार) इन्डोनेसियासँग भिड्दैछ ।

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्ष स्थानमा छ ।