एमालेद्वारा संविधान संशोधनका लागि विष्णु पौडेल नेतृत्वमा कार्यदल गठन गर्ने

  • मिति : जेष्ठ ७, २०८३
1K Shares

काठमाडाैँ : नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने भएको छ। त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा प्रस्ताव पेस गरेका हुन्।

ओलीको प्रस्तावमा संयोजक पौडेल रहेका छन् भने ६ जना सदस्यहरूमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई र पासाङ शेर्पा रहेका छन्। उक्त प्रस्तावमाथि शुक्रबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ। सरकारले असीम शाहकाे संयाेजकत्वमा संविधान स‌शाेधन बहस कार्यदल गठन गरेकाे छ।