डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ

  • मिति : भदौ ५, २०८३
361 Shares

दयपुर : डिभिजन वन कार्यालय गाईघाट उदयपुरमा कार्यरत एक वन अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालयका सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई नगद १६ हजार २५० रुपैयाँसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा अख्तियारको टोलीले बिहीबार दिउँसो पौडेललाई एक सामुदायिक वन उपभोक्ता समूहबाट लिएको रकमसहित पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएर रकमसहित उनलाई नियन्त्रणमा लिएको बताइएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार डिभिजन वन कार्यालयमा कार्यरत पौडेललाई अख्तियारको टोलीले नगदसहित पक्राउ गरेको जानकारी दिए।

‘अख्तियारको टोलीले दिएको जानकारीअनुसार उहाँ नगदसहित पक्राउ पर्नुभएको हो, उनले भने, ‘अब अन्य कर्मचारीमाथि अनुसन्धान हुन्छ होला।’