काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय सदस्यहरूका लागि दुई दिने कार्यशाला सुरु गरेको छ । कार्यशाला शनिबार काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको हो ।
कार्यशालाको पहिलो दिन आज उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री विपिन आचार्य लगायतले नीति, संगठन र नेतृत्वबारे प्रशिक्षण दिनेछन् । त्यस्तै, दोस्रो दिन आइतबार समापनका क्रममा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।