फेरि एउटा राजनीतिक भूकम्प उन्मुख छ देश : बास्कोटा

  • मिति : जेष्ठ ७, २०८३
820 Shares

काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुक फेरि अर्को राजनीतिक भूकम्प उन्मुख रहेको बताएका छन्। उनले विगतमा बीपी कोइराला र केपी शर्मा ओलीले सत्ता गुमाएको प्रसंग उठाउँदै यस्तो बताएका हुन्। उनले बीपी र ओलीका सत्ता गुमे जस्तै रास्वपा पनि जाने भनाइ राखे।

पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि उनीहरू उल्टो गतिका निरिह साक्षी हुने बास्कोटाले बताए। बास्कोटाले पार्टीभित्रको आन्तरिक सत्ता सुरक्षा भन्दै रास्वपाभित्र पनि कित्ताकाट सुरु भएको संकेत गरेका छन्।

‘फेरि एउटा राजनीतिक  भुकम्प उन्मुख छ देश। उही कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ। पार्टीहरू तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहँदा फेरि पनि तिनीहरू उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 0५९ देखि ०८९ सम्म भईरहे,’ उनले सामाजिक सन्जालमार्फत भनेका छन्।