प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएका हुन् : ज्ञानेन्द्र शाही

  • मिति : भदौ ५, २०८३
395 Shares

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको बताएका छन् । शाहीले प्रधानमन्त्री सुरक्षाकर्मी लिएर नगएको भन्दै सामाजिक सञ्जालमा हल्ला चलेको उल्लेख गर्दै उनी खम्पा गुम्बा दर्शन गर्न गएका र निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर सामाजिक सञ्जालमा खुब हल्ला चलिरहेको छ। प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।’ आफ्नै निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुपर्ने उनको भनाइ छ ।