बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

  • मिति : जेष्ठ ६, २०८३
650 Shares

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको बताइएको छ ।

लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन् । बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारले जनाएको छ ।