काठमाडौं । इरानको राजधानी तेहरान नगर सरकारले अमेरिका र इजरायली आक्रमणका कारण राजधानीमा भएको मानवीय र आर्थिक क्षतिको विवरण सार्वजनिक गरेको छ ।
इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार, नगर प्रशासनका प्रवक्ताले आक्रमणमा कम्तिमा १ हजार २६० जनाको मृत्यु भएको बताए । उनका अनुसार २ हजार ८०० भन्दा बढी घाइते भएका छन् । ५१ हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ । यस्तै, आक्रमणबाट १० हजार ७३३ कार, ७५४ मोटरसाइकल, १५० ट्याक्सी क्षतिग्रस्त छ ।