ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको नाम सार्वजनिक

  • मिति : जेष्ठ १, २०८३
616 Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को–अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।