सर्पले डसेर २३ वर्षीय युवकको मृत्यु

  • मिति : असार २१, २०८३
191 Shares

काठमाडौँ : अर्घाखाँचीमा सर्पले डसेर एक युवकको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१, चिदिकाका २३ वर्षीय पुष्कर कुमालको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार शुक्रबार साँझ घर नजिकै फेला परेको सर्प समात्ने क्रममा कुमाललाई डसेकाे थियो ।

शनिबार बिहान मात्रै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लामिछानेले बताए । कुमाल तालिमप्राप्त सर्प उद्धारकर्मी नरहेको खुलेको छ ।